
१८ जेठ, धरान । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११ चाँदनी चोक बस्ने ३५ वर्षीय बलबहादुर थापा छन् । प्रहरीले उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । थापाले ती महिलालाई उनकै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थापालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस