समाचार

उज्वल थापाको निधनप्रति देउवा र प्रचण्डद्वारा दुःख व्यक्त

ujjyol thapa death

१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ ।

एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका स्वर्गीय थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।

देउवाले थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि दुःख व्यक्त गरेका छन् । प्रचण्डले भनेका छन्, ‘विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोना भाइरस संक्रमणबाट निधन भएको खबरले दुःख लागेको छ । मृतक थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *