समाचार

आफैँले चलाएको ट्रयाक्टरले थिचेर मृत्यु

bead body tag

१८ जेठ, तनहुँ । आज साँझ आफैँले चलाएको ट्रयाक्टरले थिचेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापा छन् ।

व्यास नगरपालिका–५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करीब ४०  मिटर खस्दा त्यसैले थिचेर थापाको मृत्यु भएको  प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको तथा ट्रयाक्टर क्रेनका माध्यमबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *