समाचार

थापाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

KP Sharma Oli

१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली पनि दिएका छन् ।

“विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु । दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ,” उनले भनेका छन् ।

कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार निधन भएको थियो । थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस