१९ जेठ, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कारोबार भएको रकम नै बुधबार पनि कायम हुँदै सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बुधबार प्रतितोला १० रुपैयाँले घट्दै एक हजार ३६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस