समाचार

चन्द्रागिरीमा ढिस्कोले पुरेर २ जनाको मृत्यु, २ घाइते

bead body tag

१९ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी मोहन खाँणले जानकारी दिए ।

यस्तै, पर्खालले थिचेर उदयपुर कटारी घर भएका  २१ वर्षका मिलन तामाङ र  धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घाइते छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस