१९ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा पुनः जेठ ३१ गतेसम्मका लागि थपिने भएको छ ।
काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो ।
यद्यपि निषेधका प्रावधानहरुको केही परिमार्जन गरी खुकुलो बनाउने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
प्रजिअ भट्टराईका अनुसार अबको निषेधाज्ञामा खाद्यान्न तथा किसाना पसलहरु समेत बिहान ९ बजेसम्म खोल्न दिइने छ । यस्तै, पुस्तक पसलहरु पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ ।
प्रतिक्रिया दिनुहोस