मुख्य समाचार

प्रहरीले स्वास्थ्यकर्मी कुटेको भन्दै कोसी अस्पतालका चिकित्सक आन्दोलित

kosi aspatal

१९ जेठ, मोरङ । प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको भन्दै कोसी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार राति साढे ९ बजे अस्पतालबाट घर फर्कंदै गर्दा सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको अस्पातालले जनाएको छ। डिउटीमा खटिएका दुईजना प्रहरीले आफूलाई खुट्टामा लाठी प्रहार गरे राजवंशीको भनाइ छ ।

घटनाको विरोधमा नेपाल चिकित्सक संघको अगुवाइमा कोसी अस्पताल परिसरमा प्रदर्शन गरिएको हो । संघका कोसी अध्यक्ष डा. फरवार्ड सिलवालले भने, “ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा दिनुको साटो उल्टै कुटपिट हुनु व्यावहारिक रुपमा पनि ठिक भएन । संलग्नलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ ।”

आफूहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराएको सिलवालले बताए । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले घटनाको अनुसन्धान गरिने र दोषी पाइए कारबाही हुने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस