सेयर मार्केट

आजको सेयर बजार : ५५ अंकले बढ्यो नेप्से, कारोबार ११ अर्ब ३५ करोडमा सीमित

Nepal Stok exchange

१९ जेठ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ५५ अंकले बढेको छ । ५५.७६ अंकले बढेर नेप्से २८२७ अंकमा पुगेको छ । अघिल्ला दुई दिन परिसूचक ५६ अंकले घटेको थियो ।

यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । हिजो ८ अर्बको सेयर किनबेच भएकोमा आज ११ अर्ब ३५ करोडको भएको छ । बैंकिङ ८, ब्यापार १५, होटल तथा पर्यटन ९२, विकास बैंक २२५, जलविद्युत ८१, फाइनान्स १३७, निर्जीवन बीमा ४७९, उत्पादन १३६, अन्य ११०, माइक्रोफाइनान्स ६९ र जीवन बीमा समूह ३७४ अंकले बढेका छन् ।

यस दिन सानिमा माइ हाइड्रोपावर र  राष्ट्रिय बीमा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । पोखरा फाइनान्स, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स, जानाकी फाइनान्स, लुम्विनी विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल पुनर्बीमा र युनियन हाइड्रोपावरको मूल्य साढे ९ देखि १० प्रतिशतसम्म बढ्यो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस