मुख्य समाचार

नेपालमा थप ५,३१६ जनामा कोरोना संक्रमण पुष्टि, १०१ जनाको मृत्यु

Corona Death

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, काठमाडौं जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस