समाचार

सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौं ल्याइयो

abdul waricho

१९ जेठ, काठमाडौं । सगरमाथा आरोहण गरी फर्किने क्रममा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौं ल्याइएको छ ।

हिमाल आरोहण गरि फर्किने क्रममा ८००० मिटर माथि क्याम्पमा उनको मृत्यु भएको थियो । १० जना शेर्पाको टोलीले वारिचको शव आधारशिविरसम्म ल्याएका थिए ।

आज हेलिकप्टरबाट उनको शव त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । काठमाडौं ल्याइएको उनको शवको पोष्टमार्टम पश्चात स्वीस दूतावास मार्फत परिवारलाई हस्तान्तरण गरिनेछ ।

केहिदिन अघि सगरमाथा आरोहणका क्रममा मृत्यु भएका अमेरिकी नागरिक वेइ लिउको शव पनि काठमाडौं ल्याइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *