मुख्य समाचार

उपत्यकामा सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक

kathmandu check point

१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने भएको छ । बुधबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले हाल कायम निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने र सार्वजनिक तथा निजी यातायातका साधन आगामी २१ गतेदेखि ३१ गतेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनहरु आगामी जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

यद्यपि अत्यावश्यक सवारी साधन, खाद्यान्न, तरकारी तथा फलफूल, दुध, पानी लगायतका ढुवानीका साधनहरुलाई भने रोक नलगाइने बैठकले निर्णय गरेको छ । साथै, सोही बैठकबाट हालसम्म रोकिएका निर्माण सामाग्री तथा औजार ढुवानीका सवारी साधनलाई भने सञ्चालन गर्न दिने निर्णय भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस