समाचार

ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय तुरुन्त खारेज गर्न प्रचण्डको माग

Prachanda

१९ जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।

बुधबार आफ्ना भनाई सार्वजनिक गर्दै प्रचण्डले असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउन खोजेको उल्लेख गरेका छन् । साथै उनले तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् भन्दै माग गरेका छन् ।

सरकारले बजेटमार्फत भारतसँग व्यापार घाटा कम गर्न नेपालको चुरे क्षेत्रको ढुङ्गा, गिटी, बालुवा भारतमा निकासी गर्ने योजना सार्वजनिक गरेको थियो । सरकारको सो नीतिलाई लिएर चौतर्फी रुपमा विरोध भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस