लुम्बिनी प्रदेश

दाङमा सात वर्षीया बालिकाको नहरमा डुबेर मृत्यु

Death Body

१९ जेठ, दाङ । दाङमा नहरमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लमही नगरपालिका—७ कमानपुर निवासी स्यानु चौधरीका सात वर्षीया छोरी इन्दु चौधरीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो ।

बिहान साढे ११ बजेतिर नहरमा डुबेर गम्भीर भएकी उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । उनका अनुसार नुहाउने क्रममा उनी नहरमा डुबेकी हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस