सूचना प्रविधि

अब नेपाली पात्रो मा रेडियो, मौसमका साथै कुण्डली

nepali pattro

२० जेठ, काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय एप नेपाली पात्रोले मौसम विवरणको जानकारी, कुण्डली र रेडियो सेवा सुरु गरेको छ । कम्पनीले प्रयोगकर्तालाई अझ सजिलो र सुबिधा दिनकालागि सो सेवा सुरु गरेको हो ।

अब नेपाली पात्रोका प्रयोगकर्ताले आफ्नो मोबाइलमा नेपालको जुनसुकै स्थानीय तहको स्थान सेट गरी त्यस स्थानको ४८ घण्टे मौसम विवरण एपमार्फत मार्फत लिन सक्नेछन् । भने १ हप्ताको मौसम विवरण समेत अगावै लिन सक्नेछन् ।

यससँगै प्रयोगकर्ताले आफ्नो जन्म मिती तथा स्थान प्रदान गरी सजिलै कुण्डली बनाउन सक्नेछन् । जसअनुसार प्रयोगकर्ताले आफ्नो साढेसाती, दशा, महादशा, अन्त्रदशा, प्रत्यन्तरदशा तथा अरु अन्य दशाको का बारेमा थाहा पाउन सक्नेछन् । साथै ज्योतिष सेवाको परामर्श लिन चाहेमा प्रयोगकर्ताले नेपाली पात्रोका विशेषज्ञबाट परामर्श लिन सक्नेछन् ।

नेपाली पात्रो एपकै सबैभन्दा लोकप्रिय समाचार पढ्न सकिने फिचरलाई अझ सबिधायुक्त बनाउनका लागि कम्पनीले समाचार पाठकहरुमा रेडियो पनि सुन्न मिल्ने सुबिधा थप गरेको छ । नेपाली पात्रो अडियोमा रेडियो नेपाल, रेडियो सिटी साथै करिब १ दर्जन विभिन्न रेडियो समावेश गरिएको छ भने, भविष्यमा अझै धेरै रेडियो स्टेसन समावेश गर्ने नेपाली पात्रो टिमको धारणा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस