समाचार

हेटौंडामा ट्रक र एम्बुलेन्स ठोक्किँदा एकजनाको मृत्यु

accident

२० जेठ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग खण्डअन्तर्गतको नवलपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले दुर्घटनामा परी एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका-४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको जानकारी दिए ।

प्र १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिँदा चितवनबाट उपरचारपश्चात् घर फर्कंदै गरेका कोरोना सङ्क्रमितको मृत्यु भएको रिमालले बताए।

मृतक थिङलाई गत जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएको र उपचारका लागि भरतपुर लगिएको बुझिएको छ । एम्बुलेन्समा सवार अन्य ३ जना घाइते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस