अर्थनीति

होटेल क्वारेन्टिनका लागि पाँचतारेसहित ७० होटेल थपियाे (सूचीसहित)

hotel

२० जेठ, काठमाडौं । सरकारले विदेशबाट आउने यात्रुका लागि थप ७० वटा होटेललाई क्वारेन्टिनका लागि सूचीकृत गरेको छ । होटेलहरूकै सिफारिसमा पर्यटन विभागले पाँचवटा पाँचतारेसहित थप ७० वटा होटललाई क्वारेन्टिन होटलका रूपमा सूचीकृत हो ।

होटेल संघ नेपाल लगायत होटेल व्यवसायीहरूको सिफारिसअनुसार नै यी होटललाई क्वारेन्टिन होटेल तोकिएको पर्यटन विभागले जनाएको छ । सरकारले पछिल्लो पटक चीन, कतार र टर्कीका लागि उडान खुला गर्ने निर्णय गरेको थियो ।

यी तीन मुलुकमा सातामा एक दिन नियमति उडान गर्न दिने निर्णय सरकारले गरेको हो । यी मुलुकबाट ७२ घन्टाभित्रको पीसीआर रिपोर्ट लिएर आउने यात्रु अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा बस्नुपर्छ ।

कोरोनाविरुद्धको एक मात्रा खोप लगाएको भए ३ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने छ । यी मुलुकबाट नेपाल आउने यात्रुले कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिनमा बस्नुपर्छ । तारे होटलबाहेक अन्य होटेलका लागि क्वारेन्टिन शूल्क ३ हजार रुपैयाँ तोकिएको छ भने तारे होटेलको हकमा आपसी सहमतीमा  निर्धारण हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस