समाचार

कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना

mahadev tripathi

२० जेठ, काठमाडौं । चर्चित हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् ।

गत राती मोवाइल चार्ज गर्न खोज्दा मोबाइलको पावर बैंक पड्किएर घाइते भएका उनलाई उपचारका लागि राती नै स्टार अस्पताल भर्ना गरिएको हो । त्रिपाठीको अहिले अस्पतालको इमर्जेन्सी वाडमा उपचार भइरहेको छ ।

‘मोवाइलको ब्याट्री सकियो भनेर चार्ज गर्न खोज्दै थिए । एक्कासी पावर बैंक पड्कियो’ त्रिपाठीले भने, ‘पावर बैंक पड्किँदा ठुलो बिजुलीको झट्का दिँदो रहेछ ।’ बिजुलीको झड्का पछि आफु बेहोस भएको र होस खुल्दा अस्पतालमा पाएको त्रिपाठीले सुनाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस