२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएर १८५६.६७ विन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार आज ११८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर १ लाख ५५ हजार ६५५ पटक कारोबार हुँदा अधिकतम १६ अर्ब ९० करोड ७० हजार २० लाख २८६ रुपैयाँको कारोबार भएको छ ।
यस दिन बैंकिङ समूहले नै नेप्सेलाई उचालेको छ । सो समूह ५० अंकले बढेको छ । त्यस्तै होटल तथा पर्यटन ११७, विकास बैंक १४६, फाइनान्स ६२, उत्पादन ७१, माइक्रोफाइनान्स ४० र जीवन बीमा समूह ५ अंकले बढेका छन् ।
त्यस्तै ब्यापार ९, जलविद्युत ६०, निर्जीवन बीमा ११३ र अन्य समूह १५ अंकले बढेका छन् । मञ्जुश्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस