समाचार

कारोना संक्रमितको उपचारमा खटिएका डा. रजौरियाको मृत्यु

pashupati

२० जेठ, रुपन्देही । रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ । उनको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधवार राती मृत्यु भएको हो ।

डा.रजौरियाको संक्रमणका कारण मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिए । कपिलबस्तु घर भएका डा.रजौरियाको केही महिनाअघि मात्र विवाह भएको थियो । उनीसँगै श्रीमती पनि कोभिड संक्रमित भएकी थिइन् ।

श्रीमती डा.हसिना वानु संक्रमणमुक्त भएपनि डा.रजौरियाको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उनीहरु दुवैजना सोही अस्पतालमा कार्यरत थिए । श्रीमती वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन् । प्रशासन प्रमुख गुरुङका अनुसार सो अस्पतालमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस