समाचार

जबरजस्ती करणी मुद्धामा फरार ८४ वर्षीय वृद्ध पक्राउ

arrest

२० जेठ, दाङ । दाङमा प्रहरीले जवरजस्ती करणी मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ४ भकारे निवासी ८४ वर्षीय रामु केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । केसीलाई प्रहरीले बिहीबार बिहान साढे १० बजे पक्राउ गरेको जनाएको छ ।

उनलाई अदालतले २०७६ मंसिर २६ गते जवरजस्ती मुद्धामा दोषी ठहर गदै ७ वर्ष ५ महिना ८ दिन कैद २ लाख २५ हजार रुपैया जरिवाना फैसला गरेको थियो । फरार हुदै आएका केसीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई सजाय भुक्तानका लागी बिहीबार दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *