मनोरञ्जन ताजा समाचार

तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन

rangarajan

२० जेठ, काठमाडौं । तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन भएको छ । ९० वर्षीय जीएनको निधनको समाचार उनका छोरा फिल्म निर्देशक जीएनआर कुमारावेलनले बाहिर ल्याएका हुन् ।

जीएनको निधन बिहीबार बिहानै भएको हो । उनमा उमेरसँगै आउने समस्याहरु थियो । उनको अन्तिम संस्कार आजै चेन्नइमा हुनेछ । जीएनआर कुमारावेलनले बुबाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘मेरो बुबा, मेरो प्रेम आज बिहान ८: ४५ मा बित्नुभयो ।’

निर्देशकको निधनप्रति फिल्म उद्योगका स्टारलगायत थुप्रैले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । जीएन रंगराजनले कमल हासनका साथ कयौं फिल्म गरेका छन् । महारसन, कल्यानारमन, एलम इनबामयम, कादल मीनगल, मुथु एनगल सोथु, पल्लबी मीनदम पल्लवी, अदुथातु अल्बर्टलगायत थुप्रै हिट छन् ।

कमल हासन र श्रीदेवी अभिनित सुपरहिट फिल्म ‘मीनदम कोकिला’बाट उनी सर्वत्र चिनिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *