मुख्य समाचार

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको पूर्ण बैठक

Supreme Court

२० जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । प्रधानन्यायाधीश जबराले शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएका हुन् ।

बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा समेत छलफल हुन सक्ने बताईएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधनिक इजलासमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् ।

सोही दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गर्न संवैधानिक इजलाससम्बन्धी नियमावली नै परिवर्तन गरेर जाने सहमति जुटेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस