मुख्य समाचार

सर्वोच्च अदालतको ‘फुल कोर्ट’को बैठक बस्दै

suprim court

२१ जेठ, काठमाडौं । कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि आज (शुक्रबार)सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै छ । छलफलमा २० न्यायाधीश सहभागी हुनेछन् ।

‘फुल कोर्ट’ बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने पनि अपेक्षा गरिएको छ । पछिल्लो पटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे भएको सहमति भएको थियो ।

सुंवैधानिक इजलास गठनपछि विवाद भएपछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो । उक्त सहमति अनुसार नियमावली संशोधनको प्रंक्रिया पूर्ण बैठक (फूलकोर्ट) बाट अघि बढ्नेछ ।

हाल सर्वोच्चले कोभिडका कारण सार्वजनिक सरोकारका रिट निवेदन, र थुनावा रहेका निवेदनहरुको सुनुवाइ गरिरहेको छ । कतिपय मुद्दाको सुनुवाइलाई समेत अर्चुअल बनाइएको छ । निषेधाज्ञा लम्बिँदै जाँदा अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्नेबारे छलफलका लागि पूर्ण बैठक बोलाइएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *