समाचार

कम्युनिष्ट आन्दोलनले अभिभावक गुमायो : अध्यक्ष प्रचण्ड

prachanda

२१ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सांसद विष्णुलाल तामाङ (एल वाइबा) को निधनप्रति दुःख व्यक्त गरेका छन् । उच्च रक्तचाप र मधुमेहबाट पीडित कमरेड वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा यही जेष्ठ २० गते साँझ ६ बजेर २० मिनेट जाँदा निधन भएको हो ।

वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको उनलेले बताए । ‘कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको छ । सादा जीवन, सरल र जुझारु कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय हुनुहुन्थ्यो,’ प्रचण्डले भनेका छन् ।

२०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । वाइबा २०७० सालमा नेकपा तदर्थ र एकीकृत नेकपा (माओवादी)बीचको एकीकरणपछि केन्द्रीय सदस्य हुँदै माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका थिए । उनका तीन छोरा र दुई छोरी रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस