
२१ जेठ, झापा । झापाको मेचीनगर १०, लालपानी घर भएका जिल्ला अदालत धादिङमा कार्यरत न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।
५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो । विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत थिए ।
उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस