
२१ जेठ, काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेश बिरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि प्रारम्भ भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो ।
संवैधानिक इजलासको नेतृत्वमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अर्को इजलास यही जेठ २७ गतेका लागि तोकेको सर्वोच्च अदालतका प्रेसविज्ञ किशोर पौडेलले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता रामबहादुर शाही, अधिवक्ता कुलबहादुर बोगटी र अधिवक्ता वीरभद्र जोसीसहितले तथा मौलिक जरोकिलो पार्टीका तर्फबाट उपमहासचिव लक्ष्मण पोखरेलसहितले दायर गरेका नागरिकता अध्यादेश खारेजी माग गरेका छ रिटमा आज पहिलो सुनुवाइ भएको हो ।
प्रतिक्रिया दिनुहोस