
२१ जेठ, काठमाडौं । सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ती कार्यविधि संशोधन गर्ने निर्णय गरेको उनले बताएका छन् ।
सो कार्यविधि अनुसार राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट कम्तीमा ५० प्रतिशत पर्नेगरि नियुक्त गर्नुपर्ने प्रावधानलाई हटाइएइको समेत प्रवक्ता गुरुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस