समाचार

निषेधाज्ञा उल्लंघन गर्ने २८ सय सवारी साधन प्रहरी नियन्त्रणमा

traffic checking

२१ जेठ, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ९ वटा  सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ७ सय ९८ वटा गाडी र २ हजार ११ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ सय ५९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५१ हजार ७ सय ७५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ५३ जनालाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, ०७८ अनुसार जम्मा ४१ हजार ४ सय रुपैयाँ जरिबाना गरिएको छ । सो क्रममा ३ हजार ४ सय ८ जनालाई रोकी सम्झाई बुझाइ छाडिएको छ । साथै देशभर सञ्चालित ८४ वटा माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ६६ जनालाई सचेत गराइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस