
२१ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर ३, कैलाली २, बझाङ्गमा १, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४३ मा एन्टिजेन परीक्षण गर्दा १ सय ४९ जनामा कोरोना पुष्टी भएको छ । कोरोना पुष्टि भएका मध्ये ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस