
२१ जेठ, काठमाडौं । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ ।
सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो । चीनकै सिनोफार्म कम्पनीद्धारा उत्पादन भएको भेरोसेल खोप नेपालले प्रयोगमा ल्याइसकेको छ ।
चीनमा उत्पादन भएका भेरोसेल र कोरोनाभ्याक खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस