समाचार

बलात्कार मुद्दामा ८४ वर्षीय वृद्ध पक्राउ, ७ वर्ष बढी जेल सजाय

arrest

२१ जेठ, दाङ । दाङमा ८४ वर्षीय बृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् । देउखुरी  जिल्ला अदालतबाट जबरजस्ती करणीमा सजाय सुनाइएका फरार ८४ वर्षीय बृद्ध पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा घोराही– ४ भकारे निवासी ८४ बर्षीय रामु केसी रहेका छन् । गत वर्ष मंसिर २६  गते अदालतबाट जबरजस्ती करणी कसुर मुद्दामा उनलाई ७ वर्ष ५ महिना ८ दिन कैद सजाय र २ लाख २५ हजार जरिवाना फैसला सुनाइएको थियो ।

बिहीबार पक्राउ परेका उनलाई शुक्रवार अदालतमा पेश गरि जेल चलान गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस