
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपालको महन्थ–राजेन्द्र पक्षलाई सत्ता साझेदार बनाउँदै मन्त्रिपरिषद पुनर्गठन गर्दै ७ वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन् ।
प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका हुन् ।
उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राखेका छन् । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पनि उनी आफैले राखेका छन् ।
शुक्रबार पुनर्गठित मन्त्रिपरिषदमा दुई राज्यमन्त्रीसहित १७ सदस्य छन् । तीमध्ये १० जना जसपा नेपालका महन्थ–राजेन्द्र पक्षका हुन् । प्रधानमन्त्री ओलीसहित ७ जना भने एमालेका छन् ।
प्रतिक्रिया दिनुहोस