समाचार

कोरोना महामारीमै दैनिक ८ सय नेपाली भारततिर

corona border

२२ जेठ , काठमाडौं । सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७–८ सय नेपाली भारत पसिरहेका छन्। त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन्। नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांकअनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको संख्या बराबरी हुन थालेको हो।

‘भारत जाने नेपालीको संख्या दिनदिनै बढिरहेको छ। कुनै दिन त आउनेभन्दा जानेको संख्या बढी हुन्छ’, गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने।

जेठ ११ यता भारतबाट फर्किनेको संख्या ६ हजार ५ सय ५७ रहेकोमा भारत पस्नेको संख्या त्यसको केही कम ६ हजार २ सय छ। जबकि त्यसअघिको पाँच दिनको मात्रै तथ्यांक (जेठ ५ गतेदेखि १० गतेसम्म) नेपाल फर्किनेको संख्या ३ हजार ८ सय ८१ थियो। १ हजार ६ सय ५४ जना मात्रै भारत गएका थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस