समाचार

बुहारी संयुक्त आवाजद्वारा चेपाङ परिवारलाई राहत

rahat

२२ जेठ, मुग्लिन । मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका ५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई राहत वितरण गरेको छ ।

प्रत्येक परिवारलाई  ३० किलो चामल, एक किलो नुन, आधा लिटर तेल र एक किलो दाल शुक्रबार वितरण गरिएको संस्थाका जिल्ला अध्यक्ष महेश्वरी खड्काले जानकारी दिइन् । संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

अहिले कोरोनाका कारण विपन्न परिवारमा बिहान बेलुका छाक टार्न समस्या भएकाले राहतका कार्यक्रम पनि ल्याएको उनले बताइन् । गाउँभन्दा बाहिर गएर दैनिक ज्यालादारी गरेर परिवार पाल्नुपर्ने अवस्था रहेको जङ्गबहादुर चेपाङले बताए ।

अहिले  काम गर्न नपाएपछि समस्यामा परेको उनले  बताए । राष्ट्रिय आधारभूत विद्यालय पामडाडाँका प्रधानाध्यापक  यान बहादुर गुरुङका अनुसार यहाँका चेपाङको बारीमा लगाएको कोदो मकैले ६ महिना पनि खान पुग्दैन ।

बाँकी  ६ महिना मजदुरी गरेर खानुपर्ने अवस्था रहेको र अहिले कोरोनाको महामारीसँगैँ काम नपाउँदा समस्यामा परेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस