२२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शनिबार (आज) मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको हो ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको प्रतिलिटर १०८ र डिजेल र मट्टीतेलको प्रतिलिटर ८० रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
प्रतिक्रिया दिनुहोस