खेलकुद समाचार

अर्मेनियाविरुद्ध स्वीडेनको सहज जित

sweden

२३ जेठ, काठमाडौं ।स्वीडेन राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा स्वीडेनले अर्मेनियालाई पराजित गरेको हो ।

फ्रेन्डस् एरिना स्टेडियममा भएको खेलमा स्वीडेनले अर्मेनियालाई ३–१ ले पराजित गरेको हो । स्वीडेनलाई जित दिलाउन इमिल फोर्सवर्ग, मार्कुस डानिलसन र मार्कुस बेर्जल एक/एक गोल गरे । अर्मेनियाका भाहान बिचाकछ्यानले एक गोल फर्काए ।

स्वीडेनका लागि खेलको १६औँ मिनेटमा इमिलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मार्कुसले ३४औँ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ३८औँ मिनेटमा सेबास्टियन लार्सेनले पेनाल्टीमा गोल गर्न सकेनन् । अर्मेनियाका भाहानले ६४औँ मिनेटमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । ८५औँ मिनेटमा मार्कुसले गोल गर्दै स्वीडेनलाई ३–१ को जित दिलाए ।

युरोकप फुटबलको तयारीको लागि स्वीडेनले अर्मेनियासँग मैत्रीपूर्ण खेल खेलेको हो । योपटकको स्वीडेनको टिम उत्कृष्ट लयमा थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस