
२३ जेठ, मकवानपुर । प्रदेशको हेटौंडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।
शनिबार पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ ।
जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौंडा–४ का ५६ वर्षीय पुरुष, हेटौंडा–५ का ७२ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी बाराका ४२ वर्षीय र सिन्धुलीका ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या १०३ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस