२३ जेठ, काठमाडौं । सुनचाँदीको मूल्य बढ्ने क्रम आइतबार पनि जारी रह्यो । सुन तोलामा ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको ९४ हजार १०० रुपैयाँ कायम गरेको छ । शुक्रबार ९३ हजार ४०० कायम गरिएको थियो । यस्तै, तेजाबी सुन तोलामा आइतबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३५५ रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस