बलिउड / हलिउड

दिग्गज अभिनेता दिलीप कुमार अस्पताल भर्ना

Dilip Kumar

२३ जेठ, मुम्बई । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारलाई अस्पताल भर्ना गरिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको उनकी पत्नी सायरा बानुले बताएकी हुन् ।

श्वास फेर्न गाह्रो भएको अभिनेताले भनेपछि उनलाई हिन्दुजा अस्पतालमा लगिएको हो । इन्डियन एक्सप्रेससँग कुरा गर्दै सायराले भनेकी छिन्, “श्वासप्रश्वासमा समस्या हुनेबित्तिकै हामीले दिलीप साहबलाई बिहानको ८ः३० बजे खर रोडस्थित अस्पतालमा लग्यौँ ।

उनको उपचार भइरहेको छ र केही परीक्षण गरिएको रिपोर्टको पखाईमा छौँ । कृपया उहाँलाई छिट्टै निको होस् भनेर प्रार्थना गर्नुहोस्, ताकि हामी उहाँलाई छिट्टै घर लग्न सकौँ ।” ९८ वर्षीय अभिनेता कुमार पछिल्लो महिना मात्रै अस्पताल भर्ना भएर डिस्चार्ज भएका थिए ।

उनी पछिल्लोपटक दुई दिन हिन्दुजा अस्पतालमै बसेका थिए । वास्तविक नाम मोहम्मद युसुफ खान रहेका अभिनेता दिलीप कुमार भारतका उत्कृष्ट अभिनेताहरुमध्ये एकमा पर्छन् । उनी पछिल्लोपटक सन् १९९८ मा रिलिज भएको चलचित्र ‘किल्ला’मा देखिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *