समाचार

बाल सुधारगृहका २५ बालकमा कोरोना संक्रमण

corona test

२३ जेठ, मोरङ । मोरङको विराटनगरस्थित बाल सुधारगृहमा रहेका बालकमा कोरोनाभाइरसको संक्रमण पाइएको छ ।

गृहका ५० बालकमा कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । गत जेठ २ गते एक बालकमा संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा अरुको समेत पीसीआर परीक्षण गरिएको थियो ।

संक्रमति बालकलाई विराटनगर महानगरपालिकाको आइसेलेसनमा ‘आइसोलेट’ गरेर राखिएको र सुधारगृहका अरु बालकमा लक्षण नदेखिएको गृहका प्रमुख मिलन चौहानले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस