समाचार

कामना सेवा विकास बैंकद्वारा राप्तीका १०० चेपाङ घरधुरीलाई खाद्यान्न वितरण

kamana sewa donation

२३ जेठ, काठमाडौं । कामना सेवा विकास बैंकले चितवनका चेपाङ समुदायका १०० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । चितवनको विकट क्षेत्र राप्ती नगरपालिकाका वडा नम्बर–१३, चेपाङ बस्तीलाई लक्षित गरी करिब एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । “चेपाङ समुदाय आफैँमा विपन्न वर्ग र पिछडिएको समुदाय हो,” उनले भने, “जंगलमा आश्रित समुदायलाई केही राहत पुगोस् भन्ने हेतुले खाद्यान्न सहयोग गरेका हौँ ।”

चेपाङ समुदायको उत्थानको लागि सञ्चालित मितेरी फाउन्डेसनको समन्वयमा प्रत्येक घरधुरीलाई एक बोरा चामल, खाने तेल, दाल, सोयाबिन, नुनलगायत खाद्यसामग्री वितरण गरिएको भण्डारीले बताए  । चेपाङ समुदायका व्यक्तिको दैनिक जीवनयापन सहज होस् भन्ने हेतुले खाद्यान्न सहयोग गरिएको बैंकका सीएसआर संयोजक विन्दु सिँजालीले बताइन् ।

उनका अनुसार कामना बैंकका कर्मचारीले स्वेच्छाले रकम संकलन गरी खाद्यान्न वितरणमा सहयोग गरेका थिए । बैंकले यसअघि चितवनका सामुदायिक स्कुलमा स्टेसनरी, पोसाक वितरण, रक्तदान कार्यक्रम, स्वास्थ्य सचेतना तथा सरसफाइका कार्यक्रमलाई निरन्तरता दिंँदै आएको छ । बैंकको नारायणगढ क्षेत्रीय मातहतमा १४ वटा शाखा सञ्चालनमा छन् भने जिल्लामा ६ वटा शाखा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *