मुख्य समाचार

सेयर बजारमा नयाँ रेकर्ड : हालसम्मकै उच्च विन्दुमा परिसूचक, १७ अर्ब बढीको कारोबार

share market

२३ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दुई नयाँ रेकर्ड बनेका छन् । यस दिन बजारको परिसूचक नेप्से हालसम्मकै उच्च अंकमा पुगेको छ । परिसूचक ५० अंकले बढेर २९०६ अंकमा कायम भएको छ ।

त्यस्तै अर्को कारोबार रकममा नयाँ रेकर्ड बनेको छ। एकैदिन १७ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस दिन बैंकिङ समूहले नै नेप्से परिसूचकलाई डोहोर्याएको छ । बैंकिङ ६९ अंकले बढेको छ। विकास बैंक ९६, फाइनान्स २७, अन्य ६६ र माइक्रोफाइनान्स समूह ४ अंकले बढे ।

ब्यापार ४३, होटल तथा पर्यटन १८, जलविद्युत ४६, निर्जीवन बीमा ८३ र उत्पादन समूह ६७ अंकले घटे । यस दिन महिला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक र रिडी हाइड्रोपावरको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढ्यो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस