कर्पोरेट

वातावरणीय सन्तुलनका लागि कतार एयरवेज समूहको पहल जारी रहने

qatar airlines

२३ जेठ, काठमाडौं । वातावरणीय सन्तुलनका लागि कतार एयरवेज समूहले आफ्नो पहल जारी रहने जनाएको छ ।

विश्व पर्यावरण दिवसको अवसरमा कतार एयरवेज समूहले यसका प्रमुख वातावरणीय स्थिरता पहलहरूलाई प्रकाश पार्दै यस ग्रहको संरक्षण गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ । एयरलाइन, एयरपोर्ट अपरेसन, उड्डयन र खानपान सेवा, खुद्रा आउटलेट र होटलहरू सहित आफ्ना सबै संस्थाहरूमा वातावरणीय नेतृत्वमा समर्पित रहँदै आएको दावी कतार एयरवेज समूहले गरेको छ ।

कतार एयरवेज मध्यपूर्वको पहिलो आईएटीए वातावरणीय मूल्यांकन कार्यक्रम (आईएनवा) मा उच्च स्तरमा मान्यता प्राप्त एयरलाइन हो भने २०२२ सम्म यात्रु क्षमता ५.३ करोड सम्म पुर्‍याउने लक्ष्य बोक्ने क्रममा यसको हब, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट उक्त क्षेत्रको पहिलो फोर स्टार ग्लोबल सस्टेनेबिलिटी असेस्मेन्ट सिस्टम (जिएसएएस) रेटिङ प्राप्त एयरपोर्ट हुनेछ भने यसको टर्मिनल पनि एलईईडी रजत प्रमाणित भवन बन्ने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *