
२३ जेठ, काठमाडौं । डेनमार्क सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको १४ लाख डोज खोप अनुदानमा दिने भएको छ ।
युनिसेफमार्फत डेनमार्कले अस्ट्राजेनिकाको कोरोनाविरुद्धको खोप दिने निर्णयसहित नेपाललाई पत्राचार गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । डेनमार्क सरकारको पत्र पाएलगत्तै विभागले खोप ल्याउने प्रक्रियाका लागि युनिसेफलाई सो पत्र ‘फरवार्ड’ गरेको छ ।
डेनमार्कमा प्रयोग नभइरहेको अष्ट्राजेनिकाको खोप ल्याउनका लागि विभागले पहल गरिरहेको र सोही खोप १४ लाख डोज नेपालले पाउन लागेको खोप विभागका प्रमुख डा. झलक गौतमले बताए । खोप कहिले पठाउने भन्ने निर्णय युनिसेफले नै गर्ने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस