समाचार

बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

corona hospital butwal

२३ जेठ, बुटवल । बुटवलको कोरोना अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोरोना विशष अस्पतालमा उपचाररत उनीहरुको आइतबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा रूपन्देही र अर्घाखाँचीका रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनका अनुसार जेठ २२ गते भर्ना भएकी रुपन्देही कञ्चन–३ का ३४ वर्षीया महिलाको बिहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो भने जेठ २१ गते अस्पताल भर्ना भएका अर्घाखाँची छत्रदेव–७ का ७३ वर्षीय पुरुषको ७ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *