
२३ जेठ, काठमाडौं । चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ९ जना नेता तथा कार्यकर्ताहरु काठमाडौको गोंगबुबाट पक्राउ परेका छन् । सरकारले ल्याएको चुरे नीति गलत भएको भन्दै प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले गोंगबु चोकबाट पक्राउ गरेको हो ।
प्रदर्शनका क्रममा प्रभुलाई भेटी चुरेको गिट्टी, चुरे दोहन बन्द गर लगायतका नारा लगाएका थिए । पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् ।
चुरे दोहन, बहुल राष्ट्रिय राज्य र पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि विरुद्ध प्रदर्शन गरेको संघका महामन्त्री दीपक भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस