मुख्य समाचार

कपिलवस्तुमा जेठ ३१ गते सम्म निषेधाज्ञा थपियो

Kapilbastu CDO Office

२३ जेठ, कपिलवस्तु । कपिलवस्तुमा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा पछिल्लो निषेधाज्ञाको समय २४ गते राति १२ बजे सकिँदैछ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिले फैलिरहेकाले त्यसको नियन्त्रण गर्न निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

जिल्लामा बैशाख २१ गते देखि निषेधाज्ञा जारी गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस