मुख्य समाचार

असारदेखि नयाँ भर्ना सुरु गराउँदै शिक्षा मन्त्रालय

education minister meeting

२३ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु निर्देशन दिएका छन् । बजेट योजना शाखाको बजेट कार्यान्वयन सम्बन्धीको बैठकमा  उनले बाँकी रहेको परीक्षा छिटो सकाएर नयाँ भर्ना प्रकृया सुरु गर्न निर्देशन दिएका हुन् ।

यस्तै, मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी १ साउनबाट नै सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन पनि दिएका छन् । उनले बजेटको विषयमा कुनै कसर बाँकी राख्न नहुने भन्दै कार्यान्वयन हुनेगरी काम अघि बढाउन पनि भनेका छन् ।

उनले शिक्षकलाई कोरोनाको खोप लगाउन स्वास्थ्य मन्त्रालयमा पठाएर निवेदनबारे जानकारी लिन आग्रह गरेका छन् । नयाँ पाठ्यपुस्तक ढुवानीको लागि सिसिएमसीसँग पत्राचार गर्न उनले मन्त्रालयलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ  कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने धारणा राखे । छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउदै त्यसको लागि योजना निर्माण भैरहेको जानकारी समेत उनले बताए । उनका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपिया सम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपुर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको स्पष्ट पारे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *