मुख्य समाचार

पाकिस्तानमा दुई रेल ठोक्किए, कम्तीमा ३० जनाको मृत्यु

pakistan accident

२४ जेठ, काठमाडौं । पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सोमबार सिन्ध प्रान्तको घोट्की जिल्लाको डहरकीमा मिल्लत एक्सप्रेस र सर सैयद एक्प्रेस रेल ठोक्किएका हुन् ।

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार कराचीबाट सरोगोधा गइरहेको मिल्लत एक्सप्रेस र रावलपिन्डीबाट आइरहेको सर सैयद एक्सप्रेस राइती रेल्वे स्टेसननजिकै ठोक्किएका हुन् ।

पाकिस्तानी प्रहरीका अनुसार मिल्लत एक्सप्रेसका दुर्घटनाग्रस्त डिब्बामा अझै पनि १५ देखि २० जना यात्रु फसेका छन् । उनीहरुको उद्धार कार्य जारी रहेको घोट्कीका एसएसपी उमर तुफैलले डनलाई बताएका छन् ।

घोट्कीका उपआयुक्त उस्मान अब्दुल्लाहले दुर्घटनामा ३० जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको बताएका छन् । जियो न्युजसँगको कुराकानीमा उनले कम्तीमा पनि १३ वटा डिब्बा लिकबाट पल्टिएको बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस